काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने ढाल्ने खेलमा लागेकै कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।
सोमबार २४औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुले दस्ताबेजमा, संबिधानमा समाजबाद लेखेपनि त्यसअनुसारको आचरण र काम नगरेका कारण अहिले जनताले किनारमा पुर्याएको बताएका हुन् ।
प्रचण्डले भने- ‘संबिधान घोषणा हुनु अघिसम्म हामी सहि ट्रयाकमा थियौं । संबिधान जारी भएपछि हाम्रो गल्ति शुरु भएको भन्ने मलाई लाग्छ । हामी संबिधान घोषणा भएर सरकारको नेतृत्व गर्न थालेपछि रणनीति छोड्यौं । समाजवाद तर्फ जाने हाम्रो रणनीति हो भनेर त भन्यौं तर रणनीतिक हिसाबले, किताबमा लेख्यौं तर बर्ग संघर्षको सम्बन्ध समाजवाद तर्फ जाने बनाएनौं । हामी प्रधानमन्त्री बनाउने र फाल्नेलाई सफलता देख्ने र त्यसलाई सफलता ठान्ने कुरा नै गल्ति भयो ।’
प्रचण्डले प्रचण्डले आफुहरुले कम्युनिष्ट अनुसारको आचरण नगरेको, नेताहरुले काठमाडौँमा विलासी जीवन बिताएको जनताले नजिकबाट नियाल्दै यी कम्युनिष्ट जस्ता नभएको विश्लेषण गरेको बताए ।
केन्द्र कै सिको गर्दै प्रदेश र स्थानीय तहमा पनि पद लिने होडबाजी चलेको भन्दै प्रचण्डले कम्युनिष्टको आचरण अनुसार काम नगरेको स्वीकार गरेका थिए प्रचण्डले आफुहरुले कम्युनिष्ट अनुसारको आचरण नगरेको, नेताहरुले काठमाडौँमा विलासी जीवन बिताएको जनताले नजिकबाट नियालेको समेत बताए ।


