सामाजिक अध्ययनको परिमार्जित पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रबाट लागू हुँदै – Kanika Khabar
Monday, August 3Nepali News Portal

सामाजिक अध्ययनको परिमार्जित पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रबाट लागू हुँदै

    मा प्रकाशित

काठमाडौँ ।  पाठ्यक्रम विकास केन्द्रले नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम नयाँ शैक्षिक सत्रबाट पठनपाठनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्नेभएको हो ।

केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ। केन्द्रले एक सूचना जारी गर्दै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सम्पूर्ण सरोकारवालाहरूलाई यस सम्बन्धी जानकारी गराएको हो।

केन्द्रका पाठ्यक्रम अधिकृत कुमार घिमिरेका अनुसार सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रमका आधारमा तयार पारिएका कक्षा ५, ८, १० र १२ का नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि लागू हुनेछन्। पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सिफारिस र मन्त्रालयको निर्णयबमोजिम उक्त पाठ्यपुस्तकहरू स्वीकृत भइसकेका छन्।

यसैगरी आधारभूत तहका कक्षा १ देखि ३ सम्मको परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ समेत शैक्षिक सत्र २०८४ देखि नै लागू गरिने भएको छ। तोकिएको समयदेखि नै परिमार्जित पाठ्यक्रम र नयाँ पाठ्यपुस्तकहरू कार्यान्वयनमा ल्याउन केन्द्रले सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्