सर्वोच्चमा विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्छौं- सभापति थापा – Kanika Khabar
Sunday, August 9Nepali News Portal

सर्वोच्चमा विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्छौं- सभापति थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बारे सर्वोच्चको पछिल्लो आदेश बारे टिप्पणी गर्दै सर्वोच्च अदालत विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालतप्रति विश्वास गर्नुपर्ने भन्दै हिजो निर्वाचन आयोग र अदालतकै एउटा बेन्चले सहि भनेको कुरा भोली पनि सहि नै हुने दाबि गरेका थिए ।

सभापति थापाले भने- ‘हामी अदालत गएका होइनौं, चित्त नबुझेर केहि साथीहरु अदालत जानुभयो । एकपल्ट फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यहीँ छ । त्यसमा छलफल होस् भन्ने चाहनुभएकाले हामी शानका साथ अदालत जाने, शानका साथ डिफेन्स गर्ने हो ।’

उनले आफु विधानभन्दा बाहिर नजाने भन्दै कसैले तर्साएर नतर्सिने बताए । उनले महाधिवेशनमा सबैको समान सहभागिता गराउने गरि आफुले पहल गरिरहेको बताउदै पार्टीको महाधिवेशन गर्दै, कानुनी लडाई पनि लड्ने र पार्टीविरुद्ध भएका सबै घेराबन्दीसँग लड्ने बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्