मेचीकालीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत – Kanika Khabar
Sunday, August 9Nepali News Portal

मेचीकालीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

    मा प्रकाशित

दाङ । मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल, घोराही दाङमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन्। विद्यालयमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन्।

प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड दाङका शाखा प्रमुख डिल्लीबहादुर श्रेष्ठले विद्यार्थी जीवन ज्ञान, अनुशासन र चरित्र निर्माणको महत्वपूर्ण चरण भएको बताउँदै नवआगन्तुक विद्यार्थीलाई अध्ययनसँगै असल संस्कार र सकारात्मक सोचको विकास गर्न आग्रह गरे। उनले विद्यालयले प्रदान गर्ने अवसरको सदुपयोग गर्दै मेहनत, लगनशीलता र अनुशासनका साथ अघि बढेमा विद्यार्थीले आफ्नो लक्ष्य हासिल गर्न सक्ने बताए। उनले कक्षा ११ का विद्यार्थीलाई सफल शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै विद्यालय र शिक्षकप्रति सम्मान राखेर अघि बढ्न सुझाव दिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, नृत्य तथा आफ्ना प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक र आकर्षक बनाएका थिए।

कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विद्यालयमा आत्मीय स्वागतसँगै उनीहरूको शैक्षिक यात्राका लागि उत्साह, ऊर्जा र सकारात्मक वातावरण प्रदान गरिएको थियो।

कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्द्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर के.सी., विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावत, विद्यालयका संयोजक विष्णुप्रसाद अधिकारी, सिस्नाे पानी नेपाल दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय प्रमोसन भिडियो कम्पिटिसन आयोजना गरेको थियो । कम्पिटिसनमा प्रथम द्वितीय र तृतीय आउने विद्यार्थीहरूको समूहलाई नगद रु ५,००० ३५ सय र २५०० रुपैयाँले पुरस्कृत गरेको थियो।

कक्षा १२ काी छात्रा शर्मीला खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कक्षा १२ का छात्र विशाल डाँगीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण कक्षा १२ का छात्रा विष्णु नेपाली र राशिका श्रेष्ठले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्