डा. द्रोण रसाली गैरआवासीय नेपाली संघको सल्लाहकारमा मनोनित – Kanika Khabar
Tuesday, August 11Nepali News Portal

डा. द्रोण रसाली गैरआवासीय नेपाली संघको सल्लाहकारमा मनोनित

    मा प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सल्लाहकार पदमा डा. द्रोण रसाली मनोनीत भएका छन्। मनोनयनपछि डा. रसालीले विश्‍वभरका नेपालीहरूको साझा संस्थामा दिइएको यो जिम्मेवारीलाई पूर्ण प्रतिबद्धता, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने बताएका छन्।

यसअघि उनले सन् २००९ देखि २०११ सम्म एनआरएनए–आईसीसी अमेरिका क्षेत्रको उपक्षेत्रीय संयोजक, तथा २०११ देखि २०१३ सम्म एनआरएनए आईसीसीको सल्लाहकारका रूपमा काम गरिसकेका हुन्।

एनआरएनएका विश्व विज्ञ सम्मेलन, विज्ञान र प्रविधि प्रवर्द्धन तथा नेपाल खुला विश्वविद्यालय स्थापना जस्ता प्राथमिकताका क्षेत्रमा योगदान पुर्याउंदै आएका उनले नयाँ जिम्मेवारीले आफ्नो अघिल्लो योगदानमा नयाँ आयाम थप्ने अवसर मिलेको उल्लेख गरेका छन्। संस्थाको आचारसंहिता र सुशासनप्रति प्रतिबद्ध रहँदै उनले आफ्ना वर्तमान व्यावसायिक तथा सामाजिक संलग्नताहरू पनि सार्वजनिक गरेका छन्।

डा. रसाली क्यानडास्थित ब्रिटिश कोलम्बिया सेन्टर फर डिजिज कन्ट्रोलका ‘इन्भेस्टिगेटर एमेरिटस’ तथा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका सहयोगी (एड्जंक्ट) प्राध्यापक हुन्। यसका साथै उनी वासिङ्टन विश्वविद्यालयको ‘ग्लोबल बर्डन अफ डिजिज स्टडी’ का वरिष्ठ सहकार्यकर्ता, अमेरिकन कलेज अफ एपिडिमियोलोजीका फेलो र इमोसनल वेलबिइङ इन्स्टिच्युट क्यानडाका सह-संस्थापक एवं अध्यक्ष हुन्। भेटेरीनरि तथा जन-स्वास्थ्य लगायत बहुविषयक स्वास्थ्य विज्ञान क्षेत्र’का अनुसन्धानकर्ता डा. रसालीको संलग्नतामा प्रकाशित अनुसन्धानका कृतिहरु उधृत गर्नेको संख्या हालसम्म १२ हजार भन्दा बेशी पुगेको छ ।

व्यावसायिक क्षेत्रका साथै सामाजिक कार्यमा सक्रिय डा. रसाली नेपाल फाउन्डेसन फर साइन्स एन्ड टेक्नोलोजी ट्रस्टका संस्थापक ट्रष्टी, एसोसिएशन अफ नेप्लिज इन अमेरिकाका ट्रष्टी र ‘ग्लोबल कन्फरेन्स फर अ कास्ट-फ्री वर्ल्ड’ का अध्यक्षलगायत विभिन्न संघ-संस्थाहरूमा आबद्ध छन्।

एनआरएनएको उद्देश्यप्रति समर्पित रहँदै विश्‍वभरका नेपालीको हित र नेपालको समुन्नतिका लागि आफ्नो ज्ञान, अनुभव र समय दिने उनले बताएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्