विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ- देउवा – Kanika Khabar
Friday, August 14Nepali News Portal

विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ- देउवा

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशको इतिहासलाई गर्व गर्नुपर्ने बताएका छन् ।

संस्थापन इतर पक्षको राष्ट्रिय सभालाई सम्बोधन गर्दै देउवाले इतिहासलाई उपेक्षा गरेर अगाडी बढ्न नसकिने भन्दै देशको इतिहासप्रति गर्व गर्नुपर्ने बताएका हुन् । देउवाले अहिले देश संकटमा रहेको भन्दै कांग्रेसको जिम्मेवारी अझ बढेको बताए ।

विशेष महाधिवेशनको नाममा कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको भन्दै सर्वोच्च अदालतबाट न्याय हुने कुरामा आफु विश्वस्त रहेको बताए ।

पार्टीमा चरम विवाद हुदा पनि सहकार्य र मेलमिलाप गरेको इतिहास कांग्रेसको रहेको भन्दै देउवाले सबै नेता तथा कार्यकर्तालाई पार्टी एकतामा रहन आव्हान समेत गरेका छन् ।

देउवाले देशमा आर्थिक र सामाजिक समस्या कायम रहेको भन्दै संबिधानका अहिलेसम्मका कार्यान्वयनबाट देखिएका समस्याहरुलाई सबैको सहमतिमा समाधान गर्नुपर्ने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्