धवलशमशेरको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता – Kanika Khabar
Friday, August 14Nepali News Portal

धवलशमशेरको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता

    मा प्रकाशित

काठमाडौँ । ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । नेता डा. धवलशमशेर राणासहित उनी पक्षका नेताहरु शुक्रबार आयोग पुगेर दल दर्ता गरेका हुन् । आयोगले जय नेपाल पार्टीलाई त्रिभुज चुनाव चिन्ह दिएको छ ।

राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाई भने आजको दल दर्ता कार्यक्रममा सहभागी भएनन् । तत्काल दल दर्ता गर्न प्रसाई र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गरेका हुन् । प्रसाईले तत्काल दल दर्ता गर्न हतार गर्न नहुने बताएका छन् ।

दल दर्तापछि पार्टी सभापति धवलशमशेर राणाले केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरू क्रमिक रूपमा विस्तार गर्ने बताएका छन् ।

साथै राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पूनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न, पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न समेत आग्रह गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्