कांग्रेस विभाजित मानसिकतामा छ- डा. शेखर कोइराला – Kanika Khabar
Friday, August 14Nepali News Portal

कांग्रेस विभाजित मानसिकतामा छ- डा. शेखर कोइराला

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेको बताएका छन् ।

कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेकोले कांग्रेसको विभाजन रोक्नुपर्ने बताएका हुन् ।

यो भेला कांग्रेसलाई एक ढिक्का बनाउन यो भेला आयोजना गरिएको बताउदै आफुलाई कांग्रेस एक हुनेमा विश्वास रहेको बताए ।

देश संकटमा परेको बताउदै नेता कोइरालाले संसद ठिक ढंगले नचलेको टिप्पणी गरेका छन् । उनले प्रेस स्वातन्त्रता खतरामा परेको बताउदै उनले न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए । प्रहरीले घर घरमा गएर खानतलासी गरिरहेको बताउदै प्रजातन्त्रमा यस्तो हुन नसक्ने बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्