आज वराह जयन्ती मनाइँदै – Kanika Khabar
Saturday, August 15Nepali News Portal

आज वराह जयन्ती मनाइँदै

    मा प्रकाशित

काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ ।

सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको छ । पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि वराहरूपी विष्णुले उद्धार गरेको वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको छ ।

यसै सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराह/वाराही मन्दिरमा भीड लाग्ने गर्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्