प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रधानमन्त्री शाहलाई रुलिङ गरेसँगै सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

यसअघि आजैको बैठकमा सभामुख अर्यालले पनि प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिने रुलिङ गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्