दर्ता नभएको निवेदन देउवा पक्षले सर्वोच्चबाट फिर्ता ल्यायो – Kanika Khabar
Friday, August 21Nepali News Portal

दर्ता नभएको निवेदन देउवा पक्षले सर्वोच्चबाट फिर्ता ल्यायो

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता ल्याएको छ ।

शुक्रबार देउवाले वारेसमार्फत सर्वोच्चमा रिट पेस गरे पनि दर्ता भएको थिएन । सर्वोच्च प्रशासनले निवेदन अध्ययनको क्रममा रहेको र यस बारे सोमबार निर्णय गर्ने भनेपछि साँझ देउवा पक्षले निवेदन फिर्ता ल्याएको छ । सर्वोच्च प्राशासनका अनुसार देउवा पक्षले सच्याउने भन्दै निवेदन फिर्ता लागेको छ ।

काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेर महाधिवेशनको प्रक्रिया शुरु गरेपछि संस्थापन इतर पक्ष पुन: सर्वोच्च पुगेको थियो ।

सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएपछि सो मुद्धाको सुनुवाई हुन बाँकी रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्