रिट लिएर म सर्वोच्च गएको छैन : पूर्णबहादुर खड्का – Kanika Khabar
Friday, August 21Nepali News Portal

रिट लिएर म सर्वोच्च गएको छैन : पूर्णबहादुर खड्का

    मा प्रकाशित

काठमाडौं । नेपाली काªग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको १५औं महाधिवेशनको कार्यतालिकाअनुसार कामकारबाही रोक्न भन्दै सर्वोच्चमा आफूले कुनै निवेदन नदिएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले आफ्नातर्फबाट १५औं महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट लिएर गएको भनेर समाचारहरू सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।

यस्तो छ खड्काको स्टाटस
आज विभिन्न सञ्चार माध्यमहरुमा मेरो तर्फबाट पार्टीको १५ औँ महाअधिबेशन रोक्न सर्वोच्च अदालतमा रिट गएको तर सर्वोच्च अदालतले विभिन्न कारण देखाई रिट दर्ता नगरेको भनी आएका समाचार बारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रथमतः मेरो नामबाट, मेरो तर्फबाट आज सर्वोच्च अदालतमा कुनै रिट दर्ताको लागि नगएको कुरा म सबैमा प्रष्ट पार्न चाहान्छु, यस्तो संवेदनशील विषयमा अनुमानको भरमा सामाचार सम्प्रेषण नगरिदिनुहुन, सामाजिक सञ्जालमा भ्रम नफैलाई दिनुहुन म सबैमा विनम्रताका साथ अनुरोध गर्न चहान्छु ।
तर सम्मानित सर्वोच्च अदालतबाट हामीले पुनरावलोकनको लागि दिएको रिट जारी भई निस्सा समेत प्राप्त भई सकेको अवस्थामा विशेष महाधिवेशनको नामबाट बनेको केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउने गरी हालै गरेको निर्णय पार्टीको सम्पूर्ण एकताको अहिलेको ऐतिहासिक आवश्यकता र सर्वोच्च अदालतको पुनरावलोकन गर्ने आदेश दुबैको सरासर विपरीत छ भन्ने हाम्रो ठम्याई छ।
यसर्थ सम्मानित सर्वोच्च अदालतले पुनरावलोकनबाट मुद्दाको अन्तिम किनारा नलगाउदा सम्म नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनको सबै प्रक्रिया रोकी पाउmँ भनी कानुनी प्रबन्ध बमोजिम रोक्काको लागि सम्मानित सर्वोच्च अदालतमा रिट, निवेदन लिएर जाने विषयमा हामी कानुन व्यवसायीहरुसँग गम्भीर परामर्शमा छौँ, चाडै नै रीट,निबेदन सर्वोच्च अदालतमा लिएर जाने कुरा सम्बन्धित सबैमा प्रस्ट पार्न चाहान्छु ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्