
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत विजयी भएका छन् ।
आज बिहीबार भएको निर्वाचनमा रावतले ४ सय ४५ मत लिई विजयी भएका हुन् ।उजका प्रतिस्पर्धी प्रदिप मजगैंयाले २ सय ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसभापति (महिला) मा तारा कडेल आचार्यले ४ सय १० मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी भावना देवकोटा आचार्यले २ सय ९० मत प्राप्त गरेकी छिन् । खुला उपसभापति बसन्त जोशीले ३ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी टिकाकुमार श्रेष्ठले ३ सय १४ मत प्राप्त गरेका छन् ।
सचिवमा सनत गिरीले ३ सय ६३ मत प्राप्त गरी विजयी भएका छन्
उनका प्रतिस्पर्धी सन्तोष के.सीले ३ सय ३७ मत प्राप्त गरेका थिए ।
त्यस्तै सहसचिवमा भिमबहादुर बोहराले ३ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी ईन्द्रबहादुर वलीले ३ सय १ मत प्राप्त गरेका छन् ।
कुल ७ सय ७८ मतमा ७ सय ६१ मत खसेको थियो । निर्वाचन परिणाम घोषणामा सभापति पदका प्रत्याशी प्रदिप मजगैंयाले विजयी उम्मेदवार तिलक रावतलाई बधाई ज्ञापन गरेका थिए ।
मा प्रकाशित


