क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित – Kanika Khabar
Sunday, September 27Nepali News Portal

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

    मा प्रकाशित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ ।

पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् ।

अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन् । पुलमा आवतजावत बन्द भएपछि दुवैतर्फ सवारीसाधनको लाम लागेको छ ।

प्रशासनले पुलमा अड्किएको क्रुजलाई निकाल्ने विषयमा छलफल गरिरहेको बताएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्