मा प्रकाशित
घोराही १४। असोज ।
दाङमा बाँधिराखेको राँगोमाथि बिजुलीको तार खस्दा राँगोको मृत्यु भएको छ । जिल्लाको घोराही ८ सेवारमा मोहन चौधरीको भकारमा बाधिराखिएको राँगो आज बेलुका सवा ५ बजे बिजुलीको तार खस्दा मरेको हो ।
राँगो बाधिराखेको स्थानदेखि बाँस काट्दै गरेका व्यक्तिहरूको असावधानीवश बाँस बिजुलीको तारमा ठोक्किँदा तार राँगोमाथि खसेको थियो । घटना लगत्तै पुगेका विद्युत कर्मचारी गणेश चौधरीका अनुसार बाँसको कारण दुईओटा तार जुट्न गएको र आगलागी भई तार खसेको बताए ।


