गगन थापाको पक्षमा खुले मिनेन्द्र, मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि चयन – Kanika Khabar
Thursday, October 1Nepali News Portal

गगन थापाको पक्षमा खुले मिनेन्द्र, मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि चयन

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल गगन थापाको पक्षमा खुलेका छन्। विशेष महाधिवेशनदेखि नै सक्रिय राजनीतिमा कम देखिएका रिजाल मोरङ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि रिजालले आफ्नो क्षेत्रको पार्टी अधिवेशनमा आफैं उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् । उनले संघीय आमनिर्वाचनपछि आफू क्षेत्रमा धेरै बस्न नसकेको उल्लेख गर्दै छिट्टै क्षेत्रका साथीहरूसँग भेट्न आउने बताएका छन् ।

रिजालले आफ्नो अनुपस्थितिका बाबजुद आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गरेकोमा मोरङ–२ का कांग्रेस नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मेरो अनुपस्थितिमा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नु भई मप्रति प्रकट गर्नुभएको विश्वास र सहयोगका लागि क्षेत्रका सम्पूर्ण साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’

रिजाल गत फागुन २१ मा भएको निर्वाचनमा भने काँग्रेसको मोरङ- २ मा उम्मेदवार बनेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्