आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै – Kanika Khabar
Friday, October 2Nepali News Portal

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौँ । आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदैछ । नेपाल लगायत विश्वभरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

यस बर्षको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा ‘शान्तिमा लगानी गरौँ — सबैका लागि, सबै ठाउँमा, हरेक दिन’ नारा तय गरिएको छ ।

दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्दछन् ।

विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो।

सन् २००८ देखि राष्ट्र संघका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएका छन् ।

महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्