बुढीगण्डकी बाढी: ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुल बगायो – Kanika Khabar
Sunday, October 11Nepali News Portal

बुढीगण्डकी बाढी: ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुल बगायो

    मा प्रकाशित

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् ।

उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन् । चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन् ।

आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल,धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज र माछा खोला झोलुङ्गे पुल, ठाडो भर्‍याङको झुलुंगे पुल,  खोर्लाबेशी झोलुङ्गे पुल समेत बगाएको छ ।

गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्