पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका-जमरा नलगाइदिने – Kanika Khabar
Sunday, October 11Nepali News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका-जमरा नलगाइदिने

    मा प्रकाशित

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।

देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ ।

निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत भदौ महिनामा आएको हिमपहिरो तथा भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँ नागरिकले ज्यान गुमाउनुका साथै ठूलो मात्रामा भौतिक सम्पत्तिको अपूरणीय क्षति भएकाले दशैं पर्व सादगीपूर्वक मनाउने निधो गरेको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ- ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिम पहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल बर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ। साथै मौसुफबाट यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्