अन्तर्राष्ट्रिय हेरचाह तथा सहयोग दिवस आज मनाइँदै – Kanika Khabar
Thursday, October 29Nepali News Portal

अन्तर्राष्ट्रिय हेरचाह तथा सहयोग दिवस आज मनाइँदै

    मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय हेरचाह तथा सहयोग दिवस हरेक वर्ष अक्टोबर २९ मा मनाइन्छ । सन् २०२६ को यस दिवसको नारा ‘मर्यादित काममार्फत दिगो हेरचाह तथा सहयोग प्रणालीको निर्माण’ रहेको छ ।

यस वर्षको दिवसले हेरचाहसम्बन्धी काममा संलग्न श्रमिकको श्रम अधिकार, उचित पारिश्रमिक, कार्यस्थलको सुरक्षा, सामाजिक संरक्षण र सीप विकासमा जोड दिएको छ। पारिश्रमिक पाउने तथा नपाउने दुवै प्रकारका हेरचाहकर्मीको योगदानलाई मान्यता दिनु पनि यसको प्रमुख उद्देश्य हो ।

संयुक्त राष्ट्रसङ्घले हेरचाह तथा घरेलु कामको महत्त्व स्वीकार गर्दै यसको उचित मूल्याङ्कन, जिम्मेवारीको न्यायोचित बाँडफाँट र लैङ्गिक विभेद न्यूनीकरणमा जोड दिएको छ। साथै, अनौपचारिक कामलाई औपचारिक र मर्यादित रोजगारीमा रूपान्तरण गर्दै हेरचाह क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

यस दिवसले लैङ्गिक समानता, सामाजिक न्याय तथा समाज र अर्थतन्त्रको दिगोपनका लागि समावेशी र सुदृढ हेरचाह प्रणालीमा लगानी गर्नुपर्ने सन्देश दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्