मा प्रकाशित
काठमाडौं । नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी प्रवेश गरेका छन् ।
पत्रकार नवराज मैनालीलाई लिन आएको भन्दै उनीहरु आफ्नो कार्यलयमा आएको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।
समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।
उनीहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश अनुसार पत्रकार मैनालीलाई लिन आएको बताएका छन् ।


