मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।
त्यसअघि भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
आफ्नो दुई दिने भ्रमण पुरा गरेर मिश्री आजै स्वदेश फर्किएका छन् ।


