एनपीएलमा आज दुई खेल हुदै – Kanika Khabar
Thursday, November 12Nepali News Portal

एनपीएलमा आज दुई खेल हुदै

    मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुदैछन् ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।

त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्