भीमफेदीमा माइक्रो बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते – Kanika Khabar
Thursday, November 12Nepali News Portal

भीमफेदीमा माइक्रो बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते

    मा प्रकाशित

काठमाडौँ । काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रो बस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान ५ः४५ बजे कुलेखानी—काठमाडौं खण्डमा सडकबाट करिब ५०० मिटर तल खसेको हो।

गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट सात जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाको ११ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको छ।

 

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्