हारसँगै बाहिरियो विराटनगर, लुम्बिनीसहित चार टिम प्लेअफमा – Kanika Khabar
Saturday, November 14Nepali News Portal

हारसँगै बाहिरियो विराटनगर, लुम्बिनीसहित चार टिम प्लेअफमा

    मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको १६७ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

लुम्बिनीका लागि डिआर्ची शर्ट र आसिफ सेखले ४५-४५ रन बनाए भने अली सेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

यो जितपछि लुम्बिनी लायन्स शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर्स खेल्ने भएको छ । त्यस्तै विराटनगर किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खेलपछि काठमाडौँ गोर्खाज र चितवन राइनोज पनि प्लेअफमा पुगेका छन् । त्यस्तै जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्