संघीय संसद्का दुई समितिको बैठक बस्दै – Kanika Khabar
Thursday, November 19Nepali News Portal

संघीय संसद्का दुई समितिको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौं । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधि सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्ने भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने कार्यसूची छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा ऐन कार्यान्वयन तथा विधायिकी अन्तरसम्बन्धसम्बन्धी अनुगमन भ्रमणका विषयमा छलफल हुने र अन्य विविध विषय पनि कार्यसूचीमा राखिएको छ।

त्यस्तै, प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको २०औँ बैठक आज बिहान १० बजे बस्नेछ। बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ ।

प्राप्त उक्त विधेयकको प्रस्तावनादेखि दफा ७ सम्म संशोधन प्रस्तावकर्तासहित छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्