भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिनका लागि सिल – Kanika Khabar
Friday, February 14Nepali News Portal

भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिनका लागि सिल

    मा प्रकाशित

कनिका खबर
भदौं ८, भोजपुर
भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनको लागि सिल गरिएको छ । कारोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिम न्युनिकरणका लागि आज बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका सिल गर्ने निर्णय गरेको हो । यस्तै बैठकले होल्डिङ्ग सेल्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता दिनको लागि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाबाट रु. १४ लाख र सात ओटा गाउँपालिकाबाट रु. पाँच लाखका दरले रु.४४ लाख रकम सङ्कलन गर्ने निर्णय समेत गरेको छ । ती स्थानीय तहले पहिलो किस्ता स्वरुप ४० प्रतिशत रकम तत्काल उपलव्ध गराउने निर्णय भएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिएनु भयो ।

बैठकले पीसीआर मेसिन स्थापना गर्न धनकुटा जिल्लासँग समन्वय गरी साझेदारीमा धनकुटामा स्थापना गर्ने सम्बन्धमा आवश्यक समन्वय गर्न भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेको संयोजकत्वमा पाँच सदस्य समिति र जिल्ला अस्पतालमा आइसीयू स्थापना गर्न प्रदेश मन्त्रालयसँग समन्वय गरी कार्य प्रारम्भ गर्न आवश्यक पहल गर्ने गरी जिल्ला समन्य समिति प्रमुख लक्षमण खड्काको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ । बैठकले भोजपुर देउरालीमा रहेको क्वारेन्टिन स्थलमा २० बेड, पर्यटन सूचना केन्द्र टक्सारमा १६ बेड, जिल्ला अस्पतालमा १० बेड र अस्पतालको कुरुवा घरमा १४ बेड क्षमताको आइसोलेशन वार्ड बनाउने तथा प्रत्येक स्थानीय तहका स्वास्थ्य केन्द्रमा पाँच ओटा अक्सिजन सिलिण्डर सहितको उपचार व्यवस्था मिलाउने निर्णय गरेको छ ।

जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनहरुलार्ई नाकामा निर्मलिकरण गर्ने, निर्मलीकरणमा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले व्यवस्था मिलाउने र मालबाहक साधनमा यात्रु ओसार्ने कार्य गरेमा त्यस्तो सवारी साधनलाई यात्रु सहित फिर्ता पठाउने लगाएत निर्णय गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्