आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै – Kanika Khabar
Saturday, June 6Nepali News Portal

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ । भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो नियमित र विभिन्न देशबाट हुने चार्टर्ड उडानको तालिका बनाएर यसअनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो । भदौ १७ सम्मको नियमित उडान तालिका सार्वजनिक भएको छ । पीसीआर परीक्षण सहज नभएका देशबाट नियमित उडान नभई चार्टर्ड उडान नै हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्