चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गरिने – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।
नेपालमा कोरोना भाइरसको उपचारको लागि चिनियाँ भ्याक्सिनको परीक्षण गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको हो ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीका अनुसार, आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षण गर्न अनुमति दिएको हो ।

डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ ।

ट्रायलमा नेपाली नागरिकलाई समावेश गराउने वा नगराउने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्