चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गरिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।
नेपालमा कोरोना भाइरसको उपचारको लागि चिनियाँ भ्याक्सिनको परीक्षण गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको हो ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीका अनुसार, आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षण गर्न अनुमति दिएको हो ।

डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ ।

ट्रायलमा नेपाली नागरिकलाई समावेश गराउने वा नगराउने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्