खबरदार – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

खबरदार

    मा प्रकाशित


ए आचार भ्रष्ट भएकाहरु हो
ए विचार भ्रष्ट भएकाहरु हो
सैदान्तिक बिचलनले डगमगाएका
शक्तिपीठका अगाडि
लम्पसार पर्दै, तलुवा चाट्दै
कृपावादको आशिष थापेर
अख्तियार पाउने टिकेहरु हो
कति औशीकोको रातको मौका छोपी
हात लामो पार्छौ
खबरदार
पूर्णिमाको उज्यालोमा
एक दिन तिमी नाङ्गेझार हुने छौ
मह काढ्नेले हात चाट्ने
दिनहरु अब ईतिहास भैसके
सोझा ज्यामि माहुरीको पसिनामा
सामन्ति गिद्धे दृष्टि नलगाऊ
आफ्नो बलिदानी दिएरै भए पनि
तिम्रा पापी हातहरु डस्नलाई
ज्यामी माहुरीहरु सक्षम छन्
अनि याद गर
नेपोलियनको तरवारमा पनि
एकदिन खिया लाग्छ
पृथ्वीनारायणको बन्दुक पनि
सन्दुकमै सड्छ
एक दिन तिम्रो ईहिलिला पनि
समाप्त हुनेछ
तर कालो धनले किनेको
सेतो कात्रो ओढेर
तिमी कदापि स्वर्ग जाँदैनौ

*******

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्