आज दाङमा थप ३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ७७० पुग्यो – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

आज दाङमा थप ३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ७७० पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
ज दाङमा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकामा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ३ जनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

आजको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ५ का ४०/४० वर्षीय एक पुरुष र एक महिला रहेका छन् । त्यस्तै घोराही वडा नंं १५ का १९ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि देखिएको हो । योसँगै दाङमा सङ्क्रमितको संख्या ७७० पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएकामे छ ।

यद्यपि आजको अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङमा आज ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्