शरद सागर देवकोटा
लमही १५, भदौ ।
लमही खोनपानी उपभोक्ता तथा सरसफाई सस्था र नेपाल सरकार सघिय खानेपानि तथा ढल व्यवस्थापना आयोजना बुटबलबिच लमहीमा खानेपानी आयोजना सञ्चालन र कार्यान्वयनका लागि सम्झौता गरेको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तर्फबाट अध्यक्ष दन्डीराम चौधरी र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको तर्फबाट आयोजनका प्रमुख शालिकराम सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
केन्द्रीय खानेपानी कार्यक्रम मार्फत कुल २१ करोड ५५ लाख रुपैयाको लागतमा लमही खानेपानी आयोजनाको कार्यान्वयन तथा सञ्चालन हुनेछ । लमही नगरपालिका खानेपानी आयोजना वडा नम्बर ३, ४, ६, ७ , र ८ कार्यान्वयनका लागि आईतबार दुबै पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
आयोजना सञ्चालनका लागि लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामार्फत कुल लागतको दश प्रतिशत रकम जम्मा गर्नुपर्ने लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सनम पौडेलले जानकारी दिए । नेपाल सरकार केन्द्रीय खानेपानी कार्यक्रम मार्फत बहुवर्षीय योजना अन्तर्गत खानेपानी आयोजनाको निर्माणको काम हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका आयोजना प्रमुख शालिकराम सुबेदीले जानकारी दिए । आयोजनमार्फत १४ सय धारा जडान गरिने छ भने सो बाट झन्डै दशहजार भन्दा बढी व्यक्तिहरु स्वच्छ खानेपानी सेवाबाट लाभान्वित हुनेछन् ।


