माथिको आदेश भन्दै निषेधाज्ञामा टिपर सञ्चालन – Kanika Khabar
Saturday, May 2Nepali News Portal

माथिको आदेश भन्दै निषेधाज्ञामा टिपर सञ्चालन

    मा प्रकाशित

कनिका खबर
भदौं १६, भक्तपुर
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा सर्वसाधारणलाई अनावश्यक रुपमा हिडडुल गर्न समेत प्रतिबन्ध गरिएको वेला अरनिको राजमार्गमा भने टिपर चलाइएको छ । खाद्यान्न तथा दैनिक अति आवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसार पसार गर्न छुट दिएको अवस्थामा भक्तपुरमा गएराति अरनिको राजमार्गमा निर्बाध रुपमा निर्माण सामग्री बोकेका ठूला टिपरहरू सञ्चालन भएको देखियो । ‘माथिको आदेश’ भन्दै ट्राफिक प्रहरी लगायत सुरक्षा निकायले पनि टिपर भित्रिन दिएको बुझिएको छ । हिजो राति १० बजेपछि काभ्रे र भक्तपुरको नाका साँगा हुँदै दर्जनौं टिपर काठमाडौँ उपत्यका भित्रिएका थिए । राती टिपर सञ्चालन भएपछि सर्वसाधरणले विरोध गरेका छन् । सर्वसाधरणलाई घरभित्र थुन्ने र साना व्यवसायीको व्यवसाय बन्द गराएर ठूला व्यवसायीलाई छुट दिएको भन्दै प्रशासनको कदमप्रति सर्वसाधारणले आलोचना गरेका हुन् ।

निषेधाज्ञामा टिपर सञ्चालन भएको सम्बन्धमा महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीसँग बुझ्न खोज्दा उहाँले प्रमुख जिल्ला अधिकारीसँग बुझ्न आग्रह गर्नुभयो । उहाँले यसबारेमा आधिकारिक रुपमा बोल्ने निकाय जिल्ला प्रशासन कार्यालय रहेकाले उतै बुझ्न आग्रह गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्