भारतमा कोरोना सङ्क्रमितहरुको संख्या अत्याधिक बृद्धि – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितहरुको संख्या अत्याधिक बृद्धि

    मा प्रकाशित

कनिका खबर
भदौं १८, दाङ
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकै दिनमा झण्डै ८४ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् । भारतको सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संख्या अहिले सम्मकै सबैभन्दा धेरै हो । पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्