गण्डकीमा आज सम्म १९ जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Sunday, April 28Nepali News Portal

गण्डकीमा आज सम्म १९ जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं २१, पर्वत
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका ७ का ७६ वर्षिया एक बृद्धाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । ब्रेन हेमरेजको विरामी रहेकी ति बृद्धालाई हिजो अचेत अवस्थामा गोरखा अस्पतालमा ल्याई आईसियूमा उपचार गराइराखिएको अवस्थामा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभयो । अहिले सम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्