लडेर आमा र पेटभित्रको बच्चा दुबैको मृत्यु – Kanika Khabar
Saturday, June 27Nepali News Portal

लडेर आमा र पेटभित्रको बच्चा दुबैको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २५, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ मा लडेर एक महिला र उनको गर्भमा रहेको ८ महिनाको बच्चाको मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोकका ४३ वर्षिया सन्चमाया तामाङको घाँस काट्न जाँदा लडेर मृत्यु भएको हो । उहाँको गर्भमा रहेको ८ महिनाको बच्चा भने जिवितै भेटिएपनि उपचारका क्रममा काठमाण्डौं लैजाने क्रममा मृत्यु भएको हो । स्थानीयका अनुसार भीरबाट लडेर उहाँको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए । करिब १ मिटरको दुरीमा आमा र बच्चा भेटिएकोे थियो । घटनाबारे जानकारी पाएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा बाटोमा बच्चाको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्