यौवनको उन्माद – Kanika Khabar
Wednesday, July 29Nepali News Portal

यौवनको उन्माद

    मा प्रकाशित


ए कान्छी
धेरै चुरिफुरी नगर भो
त्यो आडम्बरको कात्रो ओढेर
नरकीय यौवनको चितामा जल्ने
तिम्रो त्यो तन, मन र धनको
तिम्रो त्यो मात्तिएको जवानीलाई
सुनै सुनको खाटमा
जति सुमसुम्याएर थुमथुम्याए पनि
निदरी त आउँदैन बरै रातमा
म त निदाउँछु सडक मै
सुनौला ताराहरुको छत्र छायाँमा
सुन्दरी निदरीको काखमा लुटुपुटु गर्दै
मधुर चाँदनीलाई चुम्बन गरेर
मिठो सपनीलाई अङ्गालोमा कसेर
कृतिम अत्तरको खोलभित्र
उकुसमुकुस भई गुम्सिएको
तिम्रो यौवनको नमिठो गन्ध भन्दा
प्यारो छ मलाई मेरै पसिनाको सुगन्ध
खडेरीमा तड्पिएको तिम्रो जवानी
अनि तिम्रो कृतिम यौवनको उन्माद
तिम्रो हातको शुराको प्यालासँगै
रित्तिँदै छ विस्तारै विस्तारै
तर मेरो पौरखको हलोले जोतेर
चिरा चिरा परेको धरतीमा
स्खलित मेरा पवित्र पसिनाले सिंचेर
पलाएका पालुवाहरु पल पल पुलकित हुँदा
त्यसमा नै मलाई चरमानन्द मिल्दछ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्