शैक्षिक सत्र खेर नजाने गरी पठन पाठनको व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग – Kanika Khabar
Sunday, September 20Nepali News Portal

शैक्षिक सत्र खेर नजाने गरी पठन पाठनको व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग

    मा प्रकाशित

कनिका खबर
असोज ३, दाङ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् । सात दिनभित्र उक्त व्यवस्था मिलाउन उनीहरूले सरकारलाई अल्टिमेटम समेत दिएका छन् । माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

हिजो संयुक्तरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई भेटी संयुक्त विद्यार्थी संगठनले तत्काल कक्षा सञ्चालनको वातावरण बनाउन माग गरेको अनेरास्वयुका नेता आरसी लामिछानेले जानकारी दिए । उनीहरुले विद्यालयबाट क्वारेन्टाइन हटाएर कक्षा सञ्चालन र कक्षा १२ लगायत क्याम्पस र विश्वविद्यालय तह सञ्चालन गर्न माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्