कनिका खबर
असोज २३, दाङ ।
दाङ तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको आज विहान निधन भएको छ । केहि दिन देखी टाइडफाईड र निमोनियाका कारण बिरामी पर्नु भएका वडा अध्यक्ष न्यौपानेको आज विहान साढे १० बजे ६५ बर्षको उमेरमा निधन भएको हो ।
उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारककै क्रममा निधन भएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्य बहादुर डाँगीले जानकारी दिनुभयो ।
उहाँको अस्पतालमा निधन भएपछि घाट लैजानु अघि पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेपाली काग्रेस पाटीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरिएको थियो । उहाँ २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
मा प्रकाशित