गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Sunday, May 31Nepali News Portal

गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, कास्की
गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १९, तनहुँका १६ जना, कास्कीको पोखरा महानगरका ८, गोरखाका ३, स्याङजाका ५ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला, १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला रहेका छन् ।

यस्तै स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १ पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला मा संक्रमण भएको छ ।

यस्तै नवलपुर गैंडाकोटका ९ पुरुष तथा ३ महिला, देबचुलीका १ पुरुष तथा २ महिला र कावासोतीका १(१ महिला पुरुषमामा आइतबार बिहान कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६८५ पुगेको छ ।

 

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्