पूर्वी नवलपरासीमा आज थप एक कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Thursday, May 2Nepali News Portal

पूर्वी नवलपरासीमा आज थप एक कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, नवलपरासी
पूर्वी नवलपरासीमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

कात्तिक १२ गते चितवनस्थित सीएमसीमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो ।

आईसीयू राखिएका उनको आइतबार राती १०ः४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

मृतक पुरुषको अहिले बिहान देवघाट धाममा नेपाली सेनाले शव ब्यवस्थापन गर्ने तयारी गरेको पनि श्रेष्ठले जानकारी दिए ।

योसहित पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमण पुष्टी भएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

जिल्लामा कुल १ हजार ७ सय २३ जनालाई संक्रमण पुष्टी भएकामा १ हजार २ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् । अब ४ सय ८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्