रोल्पाका कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु – Kanika Khabar
Thursday, May 2Nepali News Portal

रोल्पाका कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, दाङ ।
भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। कात्तिक १४ मा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति १२स्१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा खराबी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो। उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो। शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो । मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या देखिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्