तास खेलिरहेको अवस्थामा १० जना पक्राउ – Kanika Khabar
Saturday, May 4Nepali News Portal

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, भक्तपुर

तास खेलिरहेको अवस्थामा भक्तपुरको चाँगुनारायण नगरपालिका बाट १० जना पक्राउ परेका छन् । आज दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठसहित १० जना रहेका छन् । सोही ठाउँस्थित तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्