मा प्रकाशित
कनिका खबर
कार्तिक २८, काठमाडौं
प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ कोरोना कोषमा सार्ने भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको गत आइतबार बसेको बैठकले कोरोना कोषमा रकम अभाव हुन थालेकाले प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप कोष संचालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । कोषमा करिब पौने ३ अर्ब रुपैयाँ उठेको थियो । यो रकम उपयोग हुन लागेको भन्दै कोषमा थप रकमको जोहो गर्न लागिएको छ ।