मा प्रकाशित
कनिका खबर
मंसिर १, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाउनुभएको छ । बालुवाटारमा कोइरालाले प्रधानमन्त्री ओली र उहाँकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिनुभएको थियो । नोबेल कोरोना भाइरसको महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीले बहिनी कौशल्याको हातबाट मात्रै टीका लगाउनुभएको हो ।