मंसिर ११,मोरङ ।
रोटरी क्लबले विराटनगर महानगरपालिकालाई एक करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । क्लबले विराटनगर महानगरपालिकालाई एक करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
रोटरी इन्टरनेशनल डिष्ट्रीक्ट ३२९२ अन्तर्गतका विभिन्न तीन वटा क्लबले करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
बुधबार महानगरपालिकामा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड–१९ संक्रमण बढ्ने क्रम जारी रहेको अवस्थामा रोटरीले उपलब्ध गराएका स्वास्थ्य सामग्री सहयोगी बन्ने बताए ।
प्रदेश १ मा कोभिड संक्रमण महामारी नियन्त्रणका लागि निर्माण गरिएका संरचनाको क्षमतासमेत अपुग हुँदै गएको मन्त्री घिमिरेले जनाए ।
क्लबले महानगरपालिकालाई एउटा पीसीआर मेसिन, आरएनए एक्स्ट्राक्सन मेसिन, संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने इनसिनेरेट, भेन्टिलेटर, एचडीयू शैया ३० थान प्रदान गरिएको थियो ।


