कोरोना सङ्क्रमणबाट थप १७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५९४ पुग्यो – Kanika Khabar
Thursday, May 2Nepali News Portal

कोरोना सङ्क्रमणबाट थप १७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५९४ पुग्यो

    मा प्रकाशित

मंसिर २१, काठमाडौँ ।
२४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

देशभरी सक्रिय सङ्क्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्