भालि सार्वजनिक विदा, आज दिइएको विदा सच्चाइयो – Kanika Khabar
Saturday, May 2Nepali News Portal

भालि सार्वजनिक विदा, आज दिइएको विदा सच्चाइयो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ११, दाङ ।

सरकारले मुस्लिम समुदायका नागरिकलाई ईद पर्वको अवसरमा दिएको सार्वजनिक बिदा सच्याएको छ । यसअघि जेठ ११ गते अर्थात आजको दिनमा ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर बिदाको दिन सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा भोलि दिइएको गृह मन्त्रालयले संशोधित सूचनामा जनाएको छ ।
यसैबीच मुस्लिम आयोगले मुस्लिम धर्मावलम्बीको इद–उल–फित्र पर्वमा घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । इदका दिन मस्जिदमा जाने तथा सामूहिक नमाज पढ्ने काम यसपटक नगर्न आयोगले अनुरोध गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्