कांग्रेस नेता खुमबहादुर खड्काको स्मृतिमा राष्ट्रियस्तरको टेवल टेनिस प्रतियोगिता – Kanika Khabar
Thursday, May 2Nepali News Portal

कांग्रेस नेता खुमबहादुर खड्काको स्मृतिमा राष्ट्रियस्तरको टेवल टेनिस प्रतियोगिता

    मा प्रकाशित

देवराज भण्डारी
दाङ,५ फागुन ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा दाङमा राष्ट्रियस्तरको टेवलटेनिस प्रतियोगिता हुने भएको छ । खुमबहादुर खड्काको तेश्रो स्मृति दिवस पारेर चैतको १६ गतेदेखि २० गतेसम्म तुलसीपुरमा राष्ट्रियस्तरको प्रतियोगिता हुन थालेको हो ।

दाङ निवासी स्वर्गीय नेता खड्काको सम्मानसँगै उनको योगदानलाई नयाँ पुस्तालाई चिनाउने उद्देश्यले युथस अफ तुलसीपरले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न थालेको युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीले जानकारी दिए । ‘दाङका विकासप्रेमी नेता खड्काको योगदानको सम्मानसँगै उनको योगदानलाई पछिल्लो पुस्ताले पनि सम्झियोस भनेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेका छौ’–अध्यक्ष गिरीले–‘यस प्रतियोगिताले दाङको खेलकुद क्षेत्रको विकाससँगै स्वर्गीय नेता खड्काको सम्मानको अपेक्षा गरेका छौ ।’

उनका अनुसार स्वर्गीय नेता खड्काले युवाहरुको विकासका लागि गरेको योगदानलाई सम्झने माध्यम समेत भएको उनले बताए । प्रतियोगितामा महिला र पुरुषहरुको छुट्टाछुट्टै खेलहरु हुने छन् । प्रतियोगितामा आठ वटा इभेन्टसमा खेलहरु हुने भएका छन् । जसमा प्रथम, द्धितिय र तृतीय हुने टिमहरुलाई ४ लाख ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने भएको खेल संयोजक अरुण लहरेले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागीताका लागि इच्छकु टिमले चैत्रको १४ गतेसम्म टिम दर्ता गराउन आयोजकले सवैमा आग्रह गरेको छ । प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको टेवलटेनिस कर्भडहल÷बहुउद्देश्यल कर्भडवलमा हुने भएको छ । पत्रकार सम्मेलन अध्यक्ष बसन्त गिरीको अध्यक्षता तथा टेवलटेनिस संघ दाङका अध्यक्ष सिताराम शर्मा आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सहजीकरण खेल संयोजक अरुण लहरेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्