कनिका खबर
फागुन ९, दाङ ।
अब लुम्बिनी प्रदेशकाे दाङमा `डाेकाे लाइभ म्युजिक´ सुरू भएकाे छ ।
दाङकाे घाेराहीमा अवस्थित डाेकाे हाेटल प्रा.लि. ले हरेक शुक्रबार `लाइभ म्युजिक´ सुरू गरेकाे हाे ।
यसअघि `डाेकाे लाेक फ्युजन´ काे सुरूवात गर्दै आएकाेमा काेभिड १९ काे कारण स्थगित भएकाे हाेटलका म्यानेजर बसन्त जि.एम. ले बताए ।
काेभिड १९ काे महामारीपछि जनजीवन सहज बन्दै जान थालेपछि `डाेकाे लाइभ म्युजिक ´ सुरू गरेकाे म्यानेजर जि.एम.ले बताए ।
नेपाली लाेक संगीतसहितकाे लाइभ प्रस्तुति रहेकाे लाइभ म्युजिकमा दर्शकहरूले गीत डेडिकेट पनि गर्न सक्नेछन् ।
`आफूले सुन्न चाहेकाे गीत अनुराेध गरेर लाइभमा सुन्न र हेर्न सकिनेछ । ´ म्यानेजर जि.एम. ले बताए । उनले थपे, ` एकातिर दर्शकलाई मनाेरञ्जन दिने र अर्काेतर्फ नेपाली गीत संगीतकाे संरक्षण गर्नु नै लाइभ म्युजिककाे उद्देश्य रहेकाे छ ।´ म्यानेजर जि.एम.ले बताए ।
महिनाकाे एक शुक्रबार दाङ थारू संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिने भएकाे छ ।